ट्रेड युनियन नविकरणः

प्रतिष्ठानस्तरको ट्रेड युनियन नविकरण गर्दा देहायका कागजातहरु आवश्यक पर्दछ।

  • निवेदन
  • फाराम नं १
    • फाराम नं.१ मा प्रतिष्ठानमा भएको कुल कामदारको संख्याको २५% पुगेको हुनुपर्नेछ। नभएमा ट्रेड युनियन नविकरण हुन अयोग्य ठहरिनेछ।
    • फाराम नं. १ भरी दस्तखत गरि सकेपछी २/२ प्रतिलिपि गरी पेश गर्नुपर्नेछ।
  • फाराम नं. २,३,४, ५ (प्रतिष्ठानको तर्फबाट हस्ताक्षर गर्नेको नाम, पद स्पष्ट खुलेको हुनुपर्नेछ साथै छाप लगाएको हुनुपर्नेछ)
  • नयाँ कार्यसमिति सदस्यहरुको नागरिकताको प्रतिलिपी
  • युनियन नविकरण गर्ने सम्बन्धी निर्णय - १ थान
  • गत आ.व.को लेखा परिक्षण प्रतिवेदन- ट्रेड युनियन ऐन, २०४९ को दफा २४ बमोजिम हरेक आर्थिक वर्षको वार्षिक विवरण असोजभित्र नबुझाएको भएको २ सालको बुझाउनु पर्नेछ साथै समयमा विवरण नबुझाए वापत रु ५००.०० जरिवाना लाग्नेछ।
  • नविकरण दस्तुर
    • मान्यता अवधि समाप्त हुनु भन्दा ३ महिना अगाडि नविकरण निवेदन पेश भएमा रु ७५.००
    • मान्यता अवधिको २१ महिना देखि २४ महिना भित्र नविकरण निवेदन पेश भएमा रु ९३.७५
    • सूचना प्रकाशन भएको मितिले ६ महिना भित्र नविकरण निवेदन पेश भएमा रु १५०.००
    • समयमा वार्षिक विवरण नबुझाए वापत रु ५००.०० जरिवाना
      • दाखिला गर्नुपर्ने बैंकको विवरण
        • बैंकको नामः राष्ट्रिय वाणिज्य बैंक, टेकु।
        • खाता नं. १०००१००२०००१००००
        • कार्यालय कोडः ३७१०१३५०२
        • राजश्व शिर्षकः१४२२९ (अन्य प्रशासनिक शुल्क)
        • राजश्व अनलाइनबाट भुक्तानी गर्न सकिनेछ। (https://revenue.fcgo.gov.np/)

** नोटः यी कागजातहरु नपुगी निवदेन दर्ता गरिने छैन साथै यी व्यवस्थित रुपमा मिलाएर फाइलमा राखि पेश गर्नुपर्नेछ।