महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व दशमी - १०

श्रमिक आपूर्तिकर्ता इजाजतपत्र दर्ता तथा नविकरण

संक्षिप्त परिचय

श्रमिक आपूर्ति गर्ने उदेश्यले स्थापना भएको कुनै पनि प्रतिष्ठानले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग वा आफ्नो क्षेत्रको श्रम तथा रोजगार कार्यालयबाट श्रमिक आपूर्तिकर्ताको इजाजपत्र लिनुपर्दछ। त्यस्तो प्रतिष्ठानले आफ्नो प्रबन्ध-पत्रको उदेश्यमा नेपाल सरकारद्वारा मिति २०७५/०६/२९ मा नेपाल राजपत्र (भाग ५, संख्या ३२) मा प्रकाशित भएको उदेश्यहरु उल्लेख गर्नुपर्दछ।

श्रम ऐन २०७४ को दफा ५८ (श्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजतपत्र तथा नवीकरण प्रकृया व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८१ को दफा ३)बमोजिम देहायका कामको सूची बमोजिम श्रमिकहरुलाइ काममा लगाउन सकिन्छ।

१.

सुरक्षा सेवाः

सुरक्षा श्रमिक।

२.

सहजकारी सेवाः

सबै प्रकारका सरसफार्इ तथा फोहोर व्यवस्थापनलाइ आवश्यक श्रमिक बगैंचा व्यवसथापन गर्ने, माली लगायत कृषि श्रमिक कार्यालय सहायक(चिया तथा खाजा तयार गर्ने वा म्यासेन्जर सेवा) क्यान्टिन तथा क्याटरिङ श्रमिक।

३.

व्यवसाय सहयोग सेवाः

चालक, परिचालक, लोड अनलोड, सामानको ओसारपसार तथा भण्डारण व्यवस्थापन गर्ने श्रमिक मर्मत, सम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रादन गर्ने श्रमिक, प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मी लगायतका निर्माण श्रमिक।

४.

घरेलु सहयोगी सेवाः

हाउसमेड, केयर गिभर लगायतका घरेलु श्रमिक।

** नोटः श्रम ऐन २०७४ को दफा ५९ को उपदफा ४ बमोजिम माथि दिइएका सूची मध्ये कुनै दुइ सेवाको मात्र श्रमिक आपूर्तिकर्ताको इजाजत लिन पाइनेछ।