नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन २०१६ ले कारखानामा काम गर्ने मजदुरहरुको सुबिधा, सुरक्षा साथै ब्यबस्थापक र कारखानामा काम गर्ने मजदुर बिच सुमधुर सम्बन्ध सहित शान्ती, सुब्यबस्था कायम गरी सर्बसाधरण जनताको आर्थिक हित कायम गर्ने उद्धेश्य अनुरूप सो जिम्मेबारी सहीत कारखाना निरिक्षकको कार्यलयको ब्यबस्था गरेको पाईन्छ। २०३८ सालमा श्रम मन्त्रालय स्थापना भएपछि श्रम बिभाग अन्तर्गत श्रम कार्यलयले काम गर्दै आएको छ। २०४६ सालको राजनैतिक परिबर्तन सगै श्रम क्षेत्र लाई मर्यादित, ब्यबस्थित बनाउदै अन्तराष्ट्रिय महासन्धी लाई अनुमोदन गर्दै श्रम ऐन, नियमाबलि तथा ट्रेड यूनियन ऐन, नियमाबलि बने पछि श्रम सम्बन्धी तोके अनुसार को काम गर्दे आएको परिपेक्ष्यमा श्रम ऐन २०७४, ट्रेड यूनियन ऐन, नियमाबलीले तोके बमोजिमको कार्य यस कार्यलय ले गर्दछ । readmore..