ट्रेड युनियन दर्ताः

प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गर्दा देहायका कागजातहरु आवश्यक पर्दछ।

  • निवेदन
  • फाराम नं १
    • फाराम नं.१ मा प्रतिष्ठानमा भएको कुल कामदारको संख्याको २५% पुगेको हुनुपर्नेछ। नभएमा ट्रेड युनियन दर्ता हुन अयोग्य ठहरिनेछ।
    • फाराम नं. १ भरी दस्तखत गरि सकेपछी २/२ प्रतिलिपि गरी पेश गर्नुपर्नेछ।
  • फाराम नं. २,३,४, ५ (प्रतिष्ठानको तर्फबाट हस्ताक्षर गर्नेको नाम, पद स्पष्ट खुलेको हुनुपर्नेछ साथै छाप लगाएको हुनुपर्नेछ)
  • कार्यसमिति सदस्यहरुको नागरिकताको प्रतिलिपी
  • युनियन दर्ता गर्ने सम्बन्धी निर्णय - १ थान
  • विधान - ३ प्रति
  • विधान पञ्जिका - १ थान
    • ट्रेड यूनियनको नाम र ठेगाना
    • ट्रेड यूनियन स्थापना गर्नुको उद्देश्य
    • कार्य समितिको गठन विधि र कार्य अवधि बढीमा चार वर्ष हुने
    • साधार सदस्यता, पदाधिकारीहरुको संख्या र तिनीहरुको निर्वाचन प्रकृया
    • एक वर्ष अविच्छिन्न सेवा गरेको र नेपाली नागरिक कामदार मात्र पदाधिकारीमा निर्वाचित हुन सक्ने व्यवस्था
    • ट्रेड यूनियनको कोष र त्यसको लेखा परीक्षण सम्बन्धी व्यवस्था
    • ट्रेड यूनियनको हिसाब किताबको जाँचबुझ तथा निरीक्षण सम्बन्धी व्यवस्था
    • पदाधिकारीहरुको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था
    • ट्रेड यूनियनको साधारण सभा र कार्य समितिको काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी व्यवस्था
    • ट्रेड यूनियनको विधान संशोधन प्रकृया
    • ट्रेड यूनियन विघटन सम्बन्धी व्यवस्था
    • ट्रेड यूनियन विघटन भएपछि ट्रेड यूनियनको सम्पत्ति र दायित्व सम्बन्धी व्यवस्था
  • दर्ता दस्तुर रु १५०
    • दाखिला गर्नुपर्ने बैंकको विवरण
      • बैंकको नामः राष्ट्रिय वाणिज्य बैंक, टेकु।
      • खाता नं. १०००१००२०००१००००
      • कार्यालय कोडः ३७१०१३५०२
      • राजश्व शिर्षकः१४२२९ (अन्य प्रशासनिक शुल्क)
      • राजश्व अनलाइनबाट भुक्तानी गर्न सकिनेछ। (https://revenue.fcgo.gov.np/)

** नोटः यी कागजातहरु नपुगी निवदेन दर्ता गरिने छैन साथै यी व्यवस्थित रुपमा मिलाएर फाइलमा राखि पेश गर्नुपर्नेछ।