वि.सं:
नेपाल संवत: ११४६ थिंलागा नवमी - २४
श्रम नियमावली २०७५ को नियम ३० को उपनियम १ बमोजिम नियम २८ (श्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजतपत्र तथा नवीकरण प्रकृया व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८१ को दफा ६)बमोजिम इजाजत प्राप्त कम्पनीले आफूले प्राप्त गरेको इजाजपत्र नवीकरण गराउन प्रत्येक वर्ष असोज मसान्त भित्र देहायका कागजात सहित आफ्नो क्षेत्रको श्रम तथा रोजगार कार्यालयमा आवेदन दिन सक्नेछन्।
क. वित्तिय अडिट प्रतिवेदन
ख. अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र
ग. श्रम अडिट प्रतिवेदन
घ. गत आ.व.मा आपूर्ति गरिएका श्रमिकहरुको विवरण
|
क्र.सं. |
श्रमिकको नाम |
पद |
आपूर्ति गरिएको प्रतिष्ठानको नाम |
मुख्य रोजगारदाताको नाम |
कैफियत |
|
१ |
|
|
|
|
|
ङ. तलबी विवरण
च. वार्षिक मुनाफाको १०% वोनस वितरण गरेको विवरण
छ. स्वघोषणाको पत्र
ज. कम्पनीको विवरण
झ. सामाजिक सुरक्षा कोषको विवरण
ञ. श्रम इजाजतपत्रको प्रमाणित प्रतिलिपि
ट. सुरक्षा गार्ड आपूर्ति गर्ने आपूर्तिकर्ताको हकमा जिल्ला प्रशासन कार्यालयको पुनः कार्य सञ्चालनको अनुमति पत्र।
**नविकरणको आवेदन फाराम यहाँबाट डाउनलोड गर्नुहोस्।
** अनलाइनबाट श्रमिक आपूर्तिकर्ता इजाजतपत्र दर्ता तथा नविकरण यहाँ क्लिक गर्नुहोस्। **