श्रमिक आपूर्तिकर्ताको इजाजपत्र नविकरण गर्ने प्रकृया
श्रम नियमावली २०७५ को नियम ३० को उपनियम १ बमोजिम नियम २८ (श्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजतपत्र तथा नवीकरण प्रकृया व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८१ को दफा ६)बमोजिम इजाजत प्राप्त कम्पनीले आफूले प्राप्त गरेको इजाजपत्र नवीकरण गराउन प्रत्येक वर्ष असोज मसान्त भित्र देहायका कागजात सहित आफ्नो क्षेत्रको श्रम तथा रोजगार कार्यालयमा आवेदन दिन सक्नेछन्।
क. वित्तिय अडिट प्रतिवेदन
ख. अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र
ग. श्रम अडिट प्रतिवेदन
घ. गत आ.व.मा आपूर्ति गरिएका श्रमिकहरुको विवरण
|
क्र.सं. |
श्रमिकको नाम |
पद |
आपूर्ति गरिएको प्रतिष्ठानको नाम |
मुख्य रोजगारदाताको नाम |
कैफियत |
|
१ |
|
|
|
|
|
ङ. तलबी विवरण
- गत आ.व.को १२ महिनाको तलबी भरपार्इ (Salary Sheet)
- बैंक मार्फत तलब भुक्तानी गरिएको भौचर/बैंकलार्इ गरिएको पत्राचार
- चाडपर्व खर्च वितरण गरेको प्रमाण
च. वार्षिक मुनाफाको १०% वोनस वितरण गरेको विवरण
छ. स्वघोषणाको पत्र
- संस्थापक वा संचालकले आफू कुनै नैतिक पतन नदेखिने फौजदारी अभियोगमा अदालतबाट सजाएं नपाएको र प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको स्वघोषणा पत्र
- श्रम ऐन तथा नियमावली, बोनस ऐनमा उल्लेखित दफाहरु पालना गरी कार्य गरेको स्वघोषणा पत्र
ज. कम्पनीको विवरण
- कम्पनीको नाम ठेगाना लगायतका विवरण परिवर्तन भएमा सोको विवरण सहितको पत्र।
- अघिल्लो आ.व. सम्मको कम्पनी अध्यावधिक गरेको पत्र
- कम्पनीको शेयर लगत
- कम्पनीको संचालक र सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर, इमेल ठेगाना लगायतका विवरण
- कम्पनीको कार्यालय सम्म पुग्ने लोकेशन म्याप
झ. सामाजिक सुरक्षा कोषको विवरण
- सामाजिक सुरक्षा कोषको रोजगारदाता सूचिकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- सामाजिक सुरक्षा कोषमा दाखिला गरेको रकमको वार्षिक रिपोर्ट
- सामाजिक सुरक्षा कोषमा श्रमिकको रकम जम्मा गरेको बैंक भौचर वा आधिकारिक भौचर - १२ महिनाको
ञ. श्रम इजाजतपत्रको प्रमाणित प्रतिलिपि
ट. सुरक्षा गार्ड आपूर्ति गर्ने आपूर्तिकर्ताको हकमा जिल्ला प्रशासन कार्यालयको पुनः कार्य सञ्चालनको अनुमति पत्र।
**नविकरणको आवेदन फाराम यहाँबाट डाउनलोड गर्नुहोस्।
** अनलाइनबाट श्रमिक आपूर्तिकर्ता इजाजतपत्र दर्ता तथा नविकरण यहाँ क्लिक गर्नुहोस्। **