वि.सं:
नेपाल संवत: ११४६ थिंलागा नवमी - २४
श्रम ऐन २०७४ को दफा ५९ बमोजिम श्रमिक आपूर्ति गर्न चाहने कम्पनी(कानून बमोजिम स्थापना भएको कम्पनी)ले यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ। त्यस्तो कम्पनीले श्रम नियमावली २०७५ को नियम २७ को उपनियम (२) (श्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजतपत्र तथा नवीकरण प्रकृया व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८१ को दफा ४) बमोजिम देहायका कागजात सहित आफ्नो क्षेत्रको श्रम तथा रोजगार कार्यालयमा आवेदन दिन सक्नेछन्। एक भन्दा बढी कार्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ।
क) कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - (नोटरी गरीएको)
ख) कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपि- (नोटरी गरीएको)
ग) कम्पनीको प्रमाणित अद्यावधिक शेयर लगत - (नोटरी गरीएको)
घ) स्थायी लेखा नम्बर वा मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - (नोटरी गरीएको)
ङ) प्रचलित कानून बमोजिम नेपाल सरकारलाई तिर्नुपर्ने कर वा राजस्व चुक्ता गरेको प्रमाण (निस्सा),
च) सामाजिक सुरक्षा कोषमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - (नोटरी गरीएको)
छ) कम्पनीका संचालकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - (नोटरी गरीएको)
ज) कम्पनीका संचालकहरुको सम्पर्क विवरण
|
क्र.सं. |
नाम थर |
ठेगाना |
सम्पर्क नं. |
इमेल |
|
|
|
|
|
|
झ) कुन काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न चाहेको हो सो को विवरण,
ञ) संस्थापक वा संचालकले आफू कुनै नैतिक पतन नदेखिने फौजदारी अभियोगमा अदालतबाट सजाएं नपाएको र प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको स्वघोषणा पत्र - हरेक संचालकहरुको छुट्टा छुटै पत्र
ट) कम्पनी संचालक बाहेक अन्य व्यक्ति विभाग वा कार्यालयमा इजाजतपत्र सम्बन्धी काम गर्न आउँदा कम्पनीले निजलाई आधिकारिक प्रतिनिधि तोकिएको निर्णय, निजको नाम, ठेगाना, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्पर्क नं.,
ठ) अख्तियार प्राप्त व्यक्तिको परिचय खुल्ने आधिकारिक निकायबाट जारी परिचयपत्रको प्रमाणित प्रतिलिपि,
**नयाँ दर्ताको आवेदन फाराम यहाँबाट डाउनलोड गर्नुहोस्।
** अनलाइनबाट श्रमिक आपूर्तिकर्ता इजाजतपत्र दर्ता तथा नविकरण यहाँ क्लिक गर्नुहोस्। **